३२ साउन २०८२, शनिबार

स्कुटी दुर्घटनामा गम्भीर घाइते एक महिलाको मृत्यु

कान्छो खवर । शनिबार, साउन २५, २०८२

गाईघाट  २३  साउन  ।

स्कुटरबाट  लडेर  शक्त घाइते भएकी एक महिलाको उपचारको क्रममा सनिवार दिउसो मृत्यु भएको  छ ।

देउरी देखि मुर्कुची तर्फ जादै गरेको  स ५प ७० नम्बरको  स्कुटर शुक्रबार दिउसो त्रियुगा नगरपालिका ६ कुमारी चौकमा दुर्घटना हुदा स्कुटि पछाडी बसेकी सिरहा सुखीपुर नगरपालिका ८ कि ५८ बर्षीया गङगा देबी साह सुडीको बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको श्रीमान जगरनाथ साह सुडिले उक्त स्कुटी चलाएको प्रहरीले जनाएको छ । दुर्घटनामा उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।मृतकको शब पोस्टमार्ट्म पछि आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्