०२ साउन २०८२, बिहिबार

उदयपुरको कटारी देखि ४ सय ३६ केजी गाजा सहित बोलेरो गाडीका चालक पक्राउ

कान्छो खवर । सोमबार, आषाढ ३०, २०८२

गाईघाट  ३०  असार  ।

सशस्त्र प्रहरीले उदयपुरको कटारीबाट सोमबार दिउसो ठुलो परिणाममा गाजा सहित एक जनालाई पक्राउ गरेको छ ।

कटारीदेखि सिरहा तर्फ आउदै गरेको को १ ख १२७६ नम्बरको बोलेरो गाडी चेकजाँचको क्रममा दिउसो ४ सय ३६ केजी गाजा लुकाएर ल्याउदै गरेको अबस्थामा कटारी नपा २ खोक्साबाट गाडीका चालक तेज राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त गाजा भारत तर्फ तस्करी गर्ने उदेश्यले ल्याइएको प्रहरीले जनाएको छ ।उदयपुरको पश्चिम् पहाडी भेगमा अबैध गाजा खेती हुदै आएको छ ।उक्त क्षेत्रमा उत्पादित गाजा बिगत बर्ष देखि नै भारत तर्फ तस्करी हुदै आईरहेको छ ।

प्रहरीले चालक राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसपि हरिहरनाथ योगीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्