२९ आषाढ २०८२, आइतबार

लोकगायक नबिन किशोर राई रहेनन्

कान्छो खवर । शुक्रबार, आषाढ २७, २०८२

गाईघाट  २७  असार  ।

आफु त जुरेली हागोमाथी बसेर डाडी डाडी चालेर टिकुली ट्याक टिकुली ट्याक भन्छ है चरीले मया मार्यो च्याट्टहै ।

कुनै समय रेडियो नेपालमा दिनहु जसो बज्ने उक्त लोकगितका गायक नबिन कोशोर राईको ८४ बर्षको उमेरमा निधन भएको छ । गायक तथा संगीतकार जितेन राईले नवीन किशोरको बुधबार अल्का अस्पताल ललितपुरमा निधन भएको बताए ।

कान्छी श्रीमती लामा संगै बस्दै आएका राई बुधबार आफै अस्पतालमा चेकजाँचकोलागि  आएका थिए । फोक्सोमा सामान्य इन्फेक्सन रहेकोे पत्ता लागे पछी चिकित्सकले  उपचार सुरु गरेको केहि समयमा नै उनको मृत्यु भएको जितेनले बताए ।

भोजपुरको चुङबाङ पुर्खौली थलो रहेकोे राई ललितपुरको धोबीघाट बस्दै आएका थिए ।  उमेरको कारण  सार्बजनिक कार्यक्रम निकै कम देखिने राई घरमै बसेर गित संगीतको साधना सक्रिय रहेकोे जितेनले बताए ।

पानीमा छपकै जाल , जाल काट्यो कतले माछाले भन्ने  उनले गाएको  गित समेत साठीको दसकमा निकै चर्चित रहेकोे थियोे ।

 

यहाँ कमेन्ट गर्नुहोस्