२६ आषाढ २०८२, बिहिबार

बेलकाको बोक्ताङमा मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु

कान्छो खवर । बुधबार, आषाढ २५, २०८२

गाईघाट  २५  असार  ।

उदयपुरको बेलकामा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मोटरसाइकल पछाडि बस्ने किशोरी सामान्य घाइते भएकी छिन ।

बेलका नगरपालिका ८ स्थित पर्यटकिय स्थल बोक्ताङ घुमेर फर्किदै गरेको बेला कच्ची सडकको घुम्तीमा  राति ८.३० बजेको समयमा   मोटरसाइकल दुर्घटना हुँदा मोरङ बुढी गङ्गाका ३२ बर्षिय अनिल राजबङ्सीको उपचारको क्रममा बिराटनगरस्थित बिराट शिक्षण अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी भोजपुर षडानन्द नगरपालिका ७ कि १८ बर्षीया तुलसा कार्की सामान्य घाइते भएकी छिन् ।

तीब्र गतिमा रहेकोे मोटरसाइकल सडक देखि तल खस्ने क्रममा चालक राजबङ्सीलाई  रुखमा अड्किएको अबस्थामा गाउलेहरुले फेला पारेर प्रहरीको मद्दतमा उद्घार गरिएको स्थानिय सनवीर राईले बताए ।

मृतक संगै पछाडि बस्ने किशोरी भने मोटरसाइकल अनियंत्रित हुदै गर्दा गाडीबाट हाम फालेको राईले बताए । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्