कान्छो खवर । सोमबार, आषाढ २३, २०८२

गाईघाट २३ असार ।
त्रियुगा नदिमा नुहाउने क्रममा सोमबार साझ एक जना बेपत्ता भएका छ्न ।
जिल्लाको चौदण्डिगढी नगरपालिका ५ स्थित त्रियुगा नदिमा बाढीले भत्काएको पुलमुनि नुहाउने क्रममा साझ ७.३० बजेको समयमा चौदण्डिगढी ६ काली खोलाका ३० बर्षिय सुरज राई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अन्य दुई जना साथीहरू संग नुहाउन गएका राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।राईको खोजीमा अहिले प्रहरीको गोताखोर टोलि परिचालन गरिएको एसपि हरिहरनाथ योगीले बताए ।
प्रहरीले घटनाको छानबिन सुरु गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्