२२ आषाढ २०८२, आइतबार

कटारीको सिरिसेमा गए राति भएको जेसिबी दुर्घटनामा चालकको मृत्यु

कान्छो खवर । आइतबार, आषाढ २२, २०८२

गाईघाट   २२    असार  ।

कटारी नगरपालिका ८ सिरिसेमा गए राति भएको जेसिबी दुर्घटनामा चालकको मृत्यु भएको छ ।

वडाले निर्माण गरिरहेको बाटो खनेर फर्कदै गरेको को १ ख २७९५ नम्बरको जेसिबी सनिवार राति आफै अनियंत्रित भै सडकदेखि झन्डै ५० मिटर तल खस्दा गाडीका चालक कटारी सिरिसेका २२ बर्षिय नवीन श्रेष्ठको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटारी -घुर्मी सडक सिद्धिचरण लोकमार्गको उक्त सडक खण्डको बाटो बिग्रेको कारण जेसिबी दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।दुर्घटना लगत्तै ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमल बजगाईको नेतृत्वमा प्रहरी टोलि घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

शबको पोस्टमार्टमकोलागि प्रादेशिक अस्पताल कटारीमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्