१७ आषाढ २०८२, मंगलबार

जिल्ला भरीको सबै सुनपसल बन्द गरेर ब्याबसायीहरु आन्दोलनमा

कान्छो खवर । शुक्रबार, आषाढ १३, २०८२

गाईघाट   १३   असार  ।

सुनचादी ब्याबसायीहरु शुक्रबार देखि आन्दोलनमा उत्रिएका छ्न । आन्दोलनको कारण जिल्ला भरीका सबै सुनचादी पसल बन्द भएको छ ।

सरकारले बजेटमा सुनचादी तथा हिराको गहनाहरुमा बिलासिता कर लगाएको बिरोधमा उनिहरु आन्दोलनमा उत्रिएका हुन ।गत जेष्ठ २९ गते पनि सोही कर खारेजीको माग गर्दै स्थानिय ब्याबसायीहरुले एक दिन सुनपसल बन्द गरेर बिरोध जनाएका थिए ।

ब्याबसायीहरुको आन्दोलनको कारण आज जिल्ला सदरमुकाम गाईघाट , कटारी , बेल्टार , रामपुर र मुर्कुची बजारमा रहेका सुनब्याबसायीहरुले अनिश्चितकालकाकोलागि पसल बन्द गरेका छ्न ।

नेपाल सुनचाँदी ब्याबसायी महासघको आबहानमा जिल्लास्थित सगरमाथा सुनचाँदी ब्याबसायी संघ र उदयपुर सुनचाँदी ब्याबसायी संघको आयोजनामा ब्याबसाहीहरु आन्दोलित भएको ब्याबसायी रमेश रसाइलीले बताए ।

बिलासिता कर खारेजी , बहुमुल्य हिराको पथ्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजी र सुनको भन्सार महसुस दर ६ प्रतिशत कायम गर्नुपर्ने माग सुनब्याबसायीहरुको रहेकोे छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्