११ आषाढ २०८२, बुधबार

उदयपुरगढी गाउपालिकाको बजेट ६८ करोड ४० लाख ५ हजार १ सय

कान्छो खवर । मंगलबार, आषाढ १०, २०८२

गाईघाट   १०   असार  ।

उदयपुरको उदयपुरगढी गाउपालिकाले  आगामी बर्षकोलागि ६८ करोड ४० लाख ५ हजार १ सय रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

उपमेयर जीतबहादुर खड्काले मंगलबार गाउपालिकाको १५औं गाउपालिकाको गाउसभामा चालु आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् ।

नीति तथा बजेट सार्वजनिक कार्यक्रममा खड्काले चालु तर्फ ४१ करोड ४९ लाख ८५ हजार ८६४ रुपैया र पुजीगत तर्फ २६ करोड ९० लाख १९ हजार १६७ रुपैया बिनियोजित गरिएको बताए ।

गाउपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बजेटमा भौतिक पुर्बधार र खानेपानीमा बढी महत्त्व दिइएको बताए । गाउपालिकामा सडक बाटो र स्थानियलाई पिउने पानीको समस्या रहेकोेले उक्त क्षेत्रमा बढी बजेट बिनियोजित गरिएको उनलेे बताए ।

यहाँ कमेन्ट गर्नुहोस्