कान्छो खवर । मंगलबार, आषाढ १०, २०८२

गाईघाट १० असार ।
“स्वास्थ ,शिक्षित , उधमशील हाम्रो शहर :समुन्नत , समाबेशी , समृद्ध त्रियुगा नगर ” को नारालाई आत्मसात गर्दै त्रियुगा नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रमहरु प्रस्तुत गरेको छ ।
उपमेयर महेश्वरी राईले मंगलबार १५औं नगरसभामा १ अरब ५३ करोड ३४ लाख ५९ हजार रुपैयाको बजेट प्रस्तुत गरेकी छिन् ।बिनियोजित बजेटमा आन्तरिक आयबाट १६ करोड १९ लाख , संघीय राजस्व बाड्फाडबाट २० करोड ८९ लाख , संघिय सरकारबाट प्राप्त हुने बित्तीय समानिकरण अनुदान २१ करोड ९१ लाख , संघिय सशर्त अनुदान तर्फ ८५ करोड ९० लाख , समपुरक ९० लाख , प्रदेश सरकारबाट प्राप्त हुने अनुदान २ करोड ४ लाख १ हजार , प्रदेश सवारी साधन कर १६ करोड ९० लाख ४ हजार र समपुरक ७५ लाख आय तर्फ अनुमान गरिएको छ ।
बजेट बक्तब्य अघि मेयर बसन्त बस्नेतले आगामी बर्षकोलागि नीति तथा कार्यक्रम पेश गरेका छ्न ।उनले नगरको नीति , कार्यक्रम र बजेट तर्जमा गर्दा नेपालको संविधान , सोर्हौ योजना , स्थानिय सरकार सन्चालन ऎन २०७४ , संघिय र प्रदेश सरकारको नीति तथा कार्यक्रम , दीगो बिकासका लक्ष्य संघ तथा प्रदेशले जारी गरेका नीति , , कानुन तथा मापदण्ड , बिकासका अन्तरसंबंधित बिषयहरु र नगरसभा सदस्यहरुले दिएको सुझावलाई मार्गदर्शनको रूपमा लिएको उल्लेख गरेका छ्न ।