११ आषाढ २०८२, बुधबार

बिधुत आपूर्ति नियमित नभएको भन्दै भुल्केबासीले गरे बिधुत कार्यालय घेराउ

कान्छो खवर । मंगलबार, आषाढ ०३, २०८२

गाईघाट  ३   असार   ।

बिधुत सेवा नियमित नभएको भन्दै भुल्केका बासिन्दाहरुले मंगलबार बिधुत प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाट घेराउ गरेका छ्न ।

बिगत एक साता देखि त्रियुगा नगरपालिका ४ भुल्केमा नियमितरूपमा बिधुत नआउने र बिधुत आउदा पनि पटकपटक कट्ने गरेको र कार्यालयलाई समस्या अबगत गराउदा समेत कुनै सुनुवाइ नभएको भन्दै  उनिहरुले कार्यालय घेराउ गरेका हुन् ।

हामीले पटकपटक समस्या अबगत गराएका थियौ तर समस्याको सुनुवाइ नै भएन । स्थानिय पबित्रा गिरीले बताइन् । उनलेे बाध्य भएर स्थानिय कार्यालय घेराउ गर्न आउनु परेको बताइन् ।

हाम्रो टोलमा बिधुत अबरुद्ध नियमित जसो भैरहेको छ , बिधुत आउदा पनि दिनमा पटकपटक कटेर हैरानी भैरहेको उनले बताइन् । अहिले गर्मी बढे संगै नियमित रूपमा बिधुत आपूर्तिमा समस्या हुदा स्थानिय बासिन्दा लाई मार परेको उनले बताइन ।

बिधुत आपूर्ति नियमित नहुदा भुल्के स्थित सर्पदन्श उपचार सेवा सन्चालनमा समेत समस्या भैरहेको यदु ढकालले बताए ।गर्मीमा सर्पको टोकाइबाट निकै बिरामीहरु आइरहेको हुदा बिधुत आपूर्तिमा समस्या हुदा बिरामीको उपचारमा प्रयोग गरिने भ्याक्सिनहरुलाई चौबीसै घन्टा फ्रीजमा राख्न समस्या भएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्