कान्छो खवर । बुधबार, जेठ २९, २०८२

गाईघाट २८ जेष्ठ ।
अत्यधिक गर्मीको कारण बुधबार एक जनाको मृत्यु भएको छ ।त्रियुगा नगरपालिका २ खैजनमा दिदीको घरमा बस्दै आएका खोटाङका ४५ बर्षिय बिर्खबहादुर सार्कीको मृत्यु भएको वडा अध्यक्ष घमान सिह खत्रीले बताए ।
खैजनपुरको भित्री सडकमा हिड्दै गरेका सार्की गर्मीले लडेको उनले बताए ।सडकमा लडेका उनको तत्काल लै मृत्यु भएको उनले बताए ।कुनै रोग थिएन , धेरै बर्ष देखि सार्की दिदिको घरमा बस्दै आएको उनले बताए ।
घटना स्थलमा प्रहरी टोलि पुगेर शब पोस्ट मार्टमको लागि जिल्ला अस्पतालमा ल्याउने काम भैरहेको उनले बताए । केही दिन देखि गर्मी बढे संगै अहिले जनजीवन प्रभावित बनेको छ ।मंगलबार तापक्रम ४० डिग्री रहेकोमा आज ३८ डिग्री तापक्रम रहेकोे छ ।
गर्मीको कारण अहिले बजार र सरकारी कार्यालयहरुमा चहलपहलमा कमि आएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्