१७ आषाढ २०८२, मंगलबार

त्रियुगा नदिमा तटबन्ध नहुदा बिसनपुरको दक्षिण तर्फको बस्ती डुबानमा पर्ने खतरा

कान्छो खवर । आइतबार, जेठ २६, २०८२

गाईघाट  २५   जेष्ठ  ।

त्रियुगा हरित पार्क रहेको  स्थानदेखि  दक्षिण तर्फको त्रियुगा नदिमा यो बर्ष पनि तटबन्ध निर्माणको काम हुन सकेन । गत बर्ष  बाढीले  हरित पार्क भएको क्षेत्र पुरै डुबानमा पारेको थियो । स्थानिय र सबैको जोड नदिमा तत्काल तटबन्ध निर्माण गर्नुपर्ने थियोे ।

हरित पार्क बनेको स्थानमा अहिले त्रियुगा नगरपालिका र कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा त्रिबेणी बालकेन्द्र , बाल आश्रम , वृद्धआश्रम र क्रीकेट रंगशालाको निर्माण भैरहेको छ ।नदिमा तटबन्ध नहुदा फेरि सो क्षेत्र  डुबानमा पर्ने सक्ने भन्दै स्थानिय बासिन्दा चिन्तित बनेका छ्न ।

त्रियुगा नपा १२ का वडा सदस्य स्थानिय बासिन्दा लक्ष्मी चौधरी यो बर्ष पनि नदिमा बाधको काम हुन नसकेको बताउछन् ।  सरकारी लगानीमा यो पटक धेरै संरचना बनिरहेको छ , नदिमा बाध छैन ।बर्षा सुरु भैसकेको छ । नदिको बाढी बस्ती पसेर फेरी पनि ठुलो क्षेती नगर्ला भन्न् सकिने अबस्था नरहेको उनी बताउछन् ।

यो बर्ष नदिमा तटबन्ध गर्ने आश्वासन संबंधित निकायले दिएकोमा काम हुन नसकेको उनले बताए । त्रियुगा नदिको मुहान देखि खोला अन्त  हुने स्थान फत्तेपुर सम्म नदिको दुबै तर्फ तटबन्ध गर्न   झन्डै ४ बर्ष अघि स्थापना भएको   त्रियुगा नदि नियन्त्रण कार्यालयले यो बर्ष पनि नगरपालिकाको वडा नम्बर १२ को बिसनपुरको बस्ती क्षेउको दक्षिण तर्फको उक्त खोलामा तटबन्ध नगर्दा बर्षा सुरु भए संगै खोला बस्ती तर्फ पस्ने खतरा बढेको चौधरी बताउछन् ।

गत बर्ष पनि नदिको बाढी बस्ती पसेर डुबानमा परेको थियोे , भौतिक सम्पत्तिको क्षेति हुँदा स्थानिय बासिन्दा समस्यामा परेका थिए । उनले भने । अब यो  पटक पनि नदिले ठुलै क्षेती नगर्ला भन्न् सकिने अबस्था पनि छैन । उनले भने ।

बिसनपुर गाउँ तल र माथिल्लो क्षेत्रको नदिमा तटबन्ध लगाएको भए पनि नदि नियन्त्रण कार्यालयले बीचको गाउ भएको स्थानको खोलामा भने तटबन्ध नगरिदिदा भने समस्या आएको स्थानिय प्रथमलाल चौधरीले बताए ।

गत बर्ष  बाढी गाउँ पसेर ठुलो क्षेती गरेको उनले बताए । गाउ पसेको नदि तटबन्ध गर्न जनप्रतिनिधि , राजनैतिक दल र धेरैले त्यस बेला चासो देखाएका थिए । तर कतै बाट काम हुन नसकेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्