कान्छो खवर । आइतबार, जेठ १९, २०८२

गाईघाट १८ जेष्ठ ।
कटारी नगरपालिकाका कार्यपालिका सदस्यहरुले शिलालेखमा आफुहरुको नाम नलेखिएको भन्दै लफडा गरेका छ्न । सनिवार नब निर्मित प्रशासकीय भबनको उद्घाटनको क्रममा राखिएको शिलालेखमा आफुहरुको नाम राख्न मेयर राजेशचन्द्र श्रेष्ठलाई दबाब दिदै उनिहरुले केही बेर बिबाद गरेका थिए ।
शिलालेखमा मेयर र उपमेयरको नाम मात्र लेखिएको भए कुनै आपत्ति नहुने तर अध्यक्षको नाम लेखिएकोले आफुहरुको नाम समेत लेखिनु पर्न उनिहरुको माग रहेको थियो ।
वडा अध्यक्षकै हैसियतमा आफुहरुको रहेकोेले हामीले आफुहरुको नाम समेत शिलालेखमा राख्नुपर्ने कुरा उठाएको कार्यपालिका सदस्य देबीकुमारी घिमिरेले बताइन् ।
अध्यक्षको नाम लेखिए पछि शिलालेखमा हाम्रो नाम पनि लेखिनु पर्ने कुरा राखेका थियौ , पदिय मर्यादाक्रममा वडा अध्यक्ष कै हैसियत रहेकोले सदस्यहरुको नाम लेखिनु पर्ने मात्र हाम्रो माग हो ।उनले भनिन् ।
मेयर श्रेष्ठले आफ्नो अधिकार क्षेत्र भएकोले शिलालेखमा कस्को नाम राख्ने , नराख्ने भन्ने कुरा गरेको उनले बताइन् ।उनले शिलालेखमा नाम नराखिएको बिषयमा के गर्ने भन्ने बिषयमा अहिले आफुहरु बीच छलफल भैरहेको बताइन् । कटारी नगरकार्यपालिकामा ६ जना सदस्य रहेकोमा सबै महिला छ्न।
झन्डै ३ करोड १५ लाख रुपैयाको लागतमा निर्माण भएको उक्त भबनको सनिवार मेयर श्रेष्ठले उद्घाटन गरेका थिए ।