कान्छो खवर । शनिबार, जेठ १८, २०८२

गाईघाट १७ जेष्ठ ।
गएरातीको बर्षाको कारण गएको पहिरोले मैनामैनीदेखि -चुहाड हुदै भोजपुर जाने ग्रामीण सडक सनिवार बिहानदेखि अबरुद्ध भएको छ ।
उदयपुरको बेलका नगरपालिका ८ कोठु खोलामा कच्ची सडकमा माथिदेखि झरेको पहिरोले सडक अबरुद्ध हुँदा बिहान देखि कुनै पनि सवारी साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।
पहिरोको कारण सडक अबरुद्ध हुँदा अन्य बैकल्पिक मार्ग नभएकोले अबरुद्ध सडक खुलाउन नसकिएको कोठु प्रहरीले जनाएको छ ।मैनामैनी देखि भोजपुर जाने एक मात्र छोटो सडक भएकोले पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्