कान्छो खवर । शुक्रबार, जेठ ०३, २०८२

गाईघाट २ बैशाख ।
बर्षा संगै शुक्रबार बिहान आएको हावाहुरीले उदयपुरगढी गाउपालिका , त्रियुगा र चौदण्डिगढी नगरपालिका स्थित एक बिध्यालय र स्थानिय बासिन्दाको घर टहरा र छानो उडाउदा झन्डै १८ लाख २० हजार मुल्य बराबरको क्षेति भएको छ ।
बिहान ४.३० बजेको समयमा आएको हावाहुरीले उदयपुरगढी ६ जगेटारस्थित माबी नेपालटारको जस्तापाताले छाएको छानो उडाएको प्रहरीले जनाएको छ ।त्यसै गरि चौदण्डिगढी नपा खैराझोडाका गीता पाण्डे ,नबराज दुलाल , भरत राउत , सुभाष अधिकारी , सम्भब अधिकारी , खगेन्द्र श्रेष्ठ र ध्रुव खत्रीको घरको छानो र घर टहरा उडाएको प्रहरीले जनाएको छ ।
त्रियुगा १३ सरस्वती टोलका हर्क श्रेष्ठको टिनले छाएको घर समेत उडाएको प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्