२६ बैशाख २०८२, शुक्रबार

खोटाङमा करेन्ट लागेर एक युवाको मृत्यु

कान्छो खवर । बुधबार, बैशाख २४, २०८२

गाईघाट  २४  बैशाख ।

खोटाङमा बिजुलीको फ्युज जोड्ने क्रममा करेन्ट लागेर मंगलबार साझ एकको मृत्यु भएको छ ।

जिल्लाको ऐसेलुखर्क गाउपालिका ७ माक्पाका ३९ बर्षिय बिकास      राईको करेन्ट लागेर  मृत्यु भएको हो । घर पछाडिको बारीमा रहेको बिजुलीको पोलमा फ्युज जोड्दै गर्दा साझ ७.२० बजे राईलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो

प्रहरी निरीक्षक सुशान्त मिश्रले घटनाको पुष्टि गर्दै शबको बुधबार पोस्ट मार्ट्म पछि आफन्तलाई शब बुझाइएको बताए । घटनाको अनुसन्धान भैरहेको उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्