कान्छो खवर । आइतबार, चैत्र १६, २०८१

गाईघाट १७ चैत ।
सुरक्षाकर्मीले उदयपुरको रामपुरबाट ठुलो परिणाममा गाजा बरामद गरेको छ ।बेलका नगरपालिका ६ असारेस्थित मुर्ति खोला बगरको झाडीमा लुकाएर राखेको अबस्थामा ८९१ केजी ४२३ ग्राम गाजा सनिवार बिहान शसस्त्र प्रहरीको गस्ती टोलीले बरामद गरेको हो ।
३९ वटा बोरा भित्र प्लास्टिकले बेरेर राखिएको अबस्थामा शसस्त्र प्रहरी बेस क्याम्पको गस्ती टोलीले उक्त गाजा बरामद गरेको एसपि हरिहरनाथ योगीले बताए ।
उक्त गाजा बेवारिसे अबस्थामा फेला पारिएको तर कस्ले राखेको भन्ने बारे केही नखुलेको उनले बताए । बरामद गाजाको अबस्था हेर्दा बाहिर पठाउन लुकाएर राखेको हुन सक्ने उनले बताए । भारत तर्फ निकासी गर्न गाजा झाडीमा लुकाएर राखेको हामीले अनुमान गरेका छौं । एसपी योगीले भने ।
बरामद गाजा अहिलेसम्म कै ठुलो परिणामको भएको उनले बताए ।बिगतमा पनि सोही स्थानमा ठुलो परिणाममा प्रहरी गाजा बरामद गरेको थियो ।कोशी टप्पु आसपास र भोजपुर जिल्लाको तल्लो भेगमा अबैध रूपमा गाजा खेती हुदै आएको छ ।उक्त क्षेत्रमा उत्पादित गाजा भारत तर्फ तस्करी हुने गरेको छ ।
प्रहरीले बरामद गरेको उक्त गाजा समेत भारत तर्फ तस्करी गर्नकोलागी लुकाएर राखिएको हुन सक्ने गस्ती टोलिको नेतृत्व गर्ने शसस्त्र प्रहरी बल रामपुर बेसक्याम्पका प्रहरी निरीक्षक नरेस चौधरी बताए ।
बरामद गाजा ईलाका प्रहरी कार्यालय रामपुरमा बुझाइएको उनले बताए ।