कान्छो खवर । शनिबार, चैत्र १५, २०८१

गाईघाट १६ चैत ।
एक किशोरीलाई जबर्जस्ति गरेको अभियोगमा एक जना पक्राउ परेका छ्न ।ईलाका प्रहरी कार्यालय बेलटारले शुक्रबार चौदण्डीगढी नगरपालिका ७ का ५६ बर्षिय शिबराज राईलाई पक्राउ गरेको हो ।
ऊनी माथि एक १७ बर्षीया किशोरीमाथि जबर्जस्ति गरेको अभियोग लागेको प्रहरी निरीक्षक बबिन राईले बताए ।उनले बिहिवारको घटना पछी किशोरीको परिवारले जाहेरी दिएकोले राईलाई पक्राउ गरिएको बताए ।
किशोरीले दिएको बयानको आधारमा राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उनले बताए । राई विरुद्ध आइतबार अदालतबाट म्याद थप गरेर कारबाही अघि बढाइने निरीक्षक राईले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्