२९ बैशाख २०८२, सोमबार

ब्राउन सुगर सहित दुई जना पक्राउ

कान्छो खवर । आइतबार, चैत्र ०९, २०८१

गाईघाट  १०  चैत  ।

प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।सप्तरी देखि गाईघाट तर्फ आउदै गरेको प्र २-०१-००२ प ७८६३ नम्बरको मोटरसाइकल त्रियुगा नगरपालिका ५ बिलाउने भन्ने ठाउँमा सनिवार दिउसो चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट ३.६९ ग्राम ब्राउन सुगर पक्राउ गरेको  हो ।

पक्राउ पर्नेमा त्रियुगा ३ मोतीगढाका ३७ बर्षिय रत्न भन्ने रोहित चौधरी र मोटरसाइकल पछाडि बस्ने बर्ष ३१ का नागेस्वर चौधरी रहेको प्रहरी निरीक्षक संतोष कार्कीले बताए ।

विशेष सुराकीको आधारमा लालपत्ता प्रहरी चौकीबाट खटिएका प्रहरीको टोलिले मोटरसाइकललाई पछ्याउँदै गएर बिलाउनेबाट दसी प्रमाण सहित पक्राउ गरिएको कार्कीले बताए ।

ब्राउन सुगर , मोटरसाइकल र उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्