२९ बैशाख २०८२, सोमबार

भागेर गएको राजालाई भारतबाट फिर्ता ल्याएर काङ्ग्रेसले जयनेपाल भन्न सिकाएको नेता सिटौलाको भनाइ

कान्छो खवर । बिहिबार, चैत्र ०६, २०८१

गाईघाट  ७  चैत ।

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै पनि राजा महाराजाले देश बिकास नगरेको बताएका छ्न ।

कोशी प्रदेश प्रशिक्षण बिभागद्वारा आयोजित महासमिति सदस्य ,महाधिवेशन प्रतिनिधि , जिल्ला , क्षेत्र र प्रदेश पदाधिकारीहरुको लागि आयोजित एक दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै नेता सिटौलाले राजा महेन्द्रले काङ्ग्रेसले सुरु गरेको बिकासको कामलाई निरंतरता दिएको बताए ।

पुर्ब-पश्चिम राजमार्ग , भुमिसुधारको कार्यक्रम , बनजङ्गल रास्ट्रिय करण जस्ता बिकासका कार्यक्रमहरुको रुपरेखा कोर्ने काम बिपि कोइराला प्रधानमन्त्री हुदै भएको र उनलाई जेल हाले पछी मात्र महेन्द्रले सो कामको सुरुवात गरेको बताए ।

सबै कामको सुरवात काङ्ग्रेसले गरे पनि जस चाहिँ राजा महेन्द्रले लिएको सिटौलाले बताए ।मुलुक कुनै राजा महाराजले बनाएको हैन , भागेर भारत गएको राजालाई फर्काएर ल्याए पछी काङ्ग्रेसले राजालाई जय नेपाल भन्न सिकाएको उनले  बताए ।

उनले मुलुकबाट राजतन्त्र आफनै कारणबाट समाप्त भएको बताए ।राजाले प्रजातन्त्रलाई कु गरेर नेपाली काङ्ग्रेसका नेता , कार्यकर्ताहरुलाई जेल नेल फासी दिएर अनेकौं दुख दिएको बताए

 

यहाँ कमेन्ट गर्नुहोस्