कान्छो खवर । मंगलबार, चैत्र ०४, २०८१

गाईघाट ५ चैत ।
स्वतन्त्र बिद्यार्थी युनियनको मंगलबार भएको निर्वाचनमा उदयपुरको चौदण्डिगढी नगरपालिका ४ स्थित नारद आदर्श शिक्षा क्याम्पसमा नेबिसंघ सहितको संयुक्त प्यानल बिजयी भएका छ्न ।
साझ पख घोषित परिणाम अनुसार संयुक्त प्यानलबाट ग्यान्डिल थुलुङ राई अध्यक्षमा निर्बाचित भएका छ्न ।उनले अखिलका केबल तामाङलाई १७ मतले हराएका छ्न ।राई नेबिसंघ , अनेरास्ववियु क्रान्तिकारी र समाजबादी बिध्यार्थी युनियनको संयुक्त प्यानलबाट उमेदवार बनेका थिए ।
संयुक्त प्यानलबाट उपाध्यक्षमा रोज राई ,सचीव लोकेस राउत ,कोषाध्यक्षमा सजिता राई निर्बाचित भएको निर्बाचन अधिकृत नरेन्द्र गाहा मगरले बताए ।
अखिलले सह सचीव मात्र जितेको छ ।सुनिल खत्री सहसचिवमा निर्बाचित भएका छ्न ।त्यसै गरि संयुक्त प्यानलबाट संजोक राई ,प्रबिन राई र मुस्कान बिक सदस्यमा निर्बाचित भएका छ्न ।
उदयपुरको तीन वटा क्याम्पस मध्य त्रियुगा बहुमुखी क्याम्पस गाईघाट र बरुवा क्याम्पसमा मतदाता नामावली विवादमा स्वबियु निर्वाचन स्थगित भएको थियोे ।