कान्छो खवर । आइतबार, चैत्र ०२, २०८१

गाईघाट ३ चैत ।
कटारीमा आईतवार बिहान स्कुल बस दुर्घटना हुदा एक बिध्यार्थी घाइते भएका छ्न । मदन भन्डारी राजमार्ग अन्तरगत कटारी नगरपालिकाको सोमबारेमा कटारी मोडेल बोर्डिङ स्कुलको मधेस प्रदेश ०३ -००१ क २१७६ नम्बरको बस बिहान ९ बजे दुर्घटना हुदा कक्षा ७ मा अध्यन गर्ने १३ बर्षिय करुण राई घाइते भएको ट्राफिक प्रहरीका वरिष्ठ सई लोकबहादुर दियालीले बताए ।
कटारी देखि बिध्यार्थी लिन सोमबारे जाँदै गरेको उक्त बस बीच सडक देखि देब्रे तर्फ पल्टिएको उनले बताए । बालक राईलाई सामान्य चोट लागेकोले उपचार पछी घर फर्किएको उनलेे बताए ।
गाडीका चालक संन्तराज साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्