कान्छो खवर । बिहिबार, फाल्गुण २२, २०८१

गाईघाट २२ फागुन ।
पिकअप गाडीको ठक्करबाट बिहीबार साझ गाईघाट बजारमा दुई बालिकाको मृत्यु भएको छ ।
घरको तल्लो बरन्डामा बसिरहेको बेला मालसामान बोकेर फर्निचर कारखाना तर्फ आउदै गरेको प्र १०५००१ च ००९१ नम्बरको बोलेरो पिकअप भ्यानले बेलुकी ७ बजे ठक्कर दिदा त्रियुगा नगरपालिका १२ डिएम गेट पश्चिम् तर्फ बस्ने ललन दासकि १० बर्षिया छोरी देबि दास र १४ बर्षिया अनु दासको घटनास्थल मै मृत्यु भएको ट्राफिक प्रहरीका वरिष्ठ सई लोक बहादुर दियालीले बताए ।
हात्तीमारा स्थित कारखाना तर्फ जादै गरेको बेला उक्त गाडी अनियंत्रित भएर घरमा पसेको स्थानिय बिश्वनाथ साहले बताए । ठक्कर दिने उक्त गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको सई दियालीले बताए ।
चालकले मदिरा सेबन गरेर गाडी चलाएकोले उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।चालक घटना पछी फरार रहेका छ्न । मृतक बालिकाहरुको शब जिल्ला अस्पताल उदयपुरमा राखिएको ट्राफिक प्रहरी भुबन राईले बताए