कान्छो खवर । बिहिबार, फाल्गुण २२, २०८१

गाईघाट २२ फागुन ।
लागूऔषध सहित बिहीबार बेलटार बजार देखि दुई युवा पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएका प्रहरी टोलिले दिउसो ट्रामाडोल ८९ क्याप्सुल र स्पास्पेन ८९ ट्याबलेट सहित चौदण्डिगढी नगरपालिका ६ का १९ बर्षिय सन्जिब राई र १८ बर्षिय अनिल राईलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पक्राउ परेका उनिहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । युबाहरु लागूऔषध सेबनकर्ता र कारोबारी दुबै भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्