कान्छो खवर । शनिबार, फाल्गुण १७, २०८१

गाईघाट १६ फागुन ।
प्रधान न्यायाधीश प्रकाशमान सिह राउतले आफ्नो कार्यकायमा न्यायलय प्रती बिश्वास मर्न नदिने बताएका छन ।न्यायीक सुशासनको कुरा गर्दै जादा अहिले आम मान्छेको न्यायलय प्रति बिश्वास टुटेको अबस्थामा आफुले जनताले आभास गर्ने गरि काम गर्ने बताए ।
जिल्ला बार इकाई उदयपुरले प्रधान न्यायाधीश राउतलाई सनिवार गरेको स्वागत तथा संमान कार्यक्रममा बोल्दै उनलेे जिबन्त परन्त न्याय सुशासनकोलागि दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएका छ्न ।
उनले पबित्र उदेश्य राखेर संकल्प गरौं भने न्यायलय सुधार हुन नसक्ने भन्ने कुरै हुदैन , त्यसकोलागि न्यायाधीशलाई कानुनब्याबसायिहरुको साथ र सहयोग अपरिहार्य रहेको समेत उनले बताए ।
उनले नया प्रबिधिको बिकास संगै न्यायलयको अन्तर स्कर भित्र छिरेर धुलो पिठो पार्न खोजेको आफ्नो फेक ट्विटरको प्रसङ्ग उठाउदै अब न्यायाधीश मात्र होईन कानुन ब्याबसायीहरुले पनि साईबर र आइटी सम्बन्धि ज्ञान हासिल गर्नुपर्ने बताए ।
उनले हरिकृष्ण श्रीमानको पाला देखि न्यायलय पुरै लयमा फर्किएको बताए ।अब हामीले न्यायको अनुभुती हुने गरि काम सुरु गरेको बताए ।आठ बर्ष नाघेको मुद्दा ७२ वटा रहेकोमा अब असार मसान्तसम्म पुरै जिरो बनाउने उनले बताए । २०८३ भित्र ५ बर्ष नाघेको सबै मुद्दा टुंगो लगाउने र २०८५ भित्र २ बर्ष नाघेको सबै मुद्दा टुंगो लगाएर काम सुरु गर्न लागिएको उनले बताए ।
प्रधान न्यायाधीश राउतले गाईघाटमा ४ बिगाह भन्दा बढी जग्गा उपलब्ध हुन सके बाल सुघार गृह निर्माणको काम तत्काल सुरु गरिने बताए ।मैले स्थानिय तहको जनप्रतिनिधि संग जग्गा खोजी दिन आग्रह समेत गरेको छु , जति चाडो जग्गा प्राप्ति हुन्छ ।काम पनि त्यही रफ्तारबाट सुरु हुने उनले बताए ।