कान्छो खवर । सोमबार, फाल्गुण १२, २०८१

गाईघाट १२ फागुन ।
काम गरे अनुसारको भुक्तानी नपाउदा देबधारस्थित त्रियुगा नदिमा निर्माणधिन पक्की पुलको काम सुस्त गतिले भैरहेको छ ।
मदन भण्डारी राजमार्ग संग त्रियुगा खोला पारीका जोगिदह , हडिया लगायतका ग्रामीण भेगका बासिन्दाहरुलाई यातायात संग जोड्ने उदेश्यले एक बर्ष अघि देखि निर्माण सुरु गरिएको उक्त पुल निर्माणमा सङ्लग्न ठेकेदार कम्पनीले काम गरे अनुसारको पैसा नपाउदा निर्माण कार्य तीब्र गतिमा हुन सकेको छैन ।
अबको १ बर्ष १ महिना भित्र सक्नु पर्न गरि ठेक्का सम्झौता भएको थियोे ।पाईल फाउन्डेसन प्रबिधिमा आधारित ३ सय ३० मिटर लामो र ११ मिटरको उक्त पुल निर्माणको ठेक्का एमएस सुर्य एन्ड सन्स प्रालि धरानले पाएको हो ।
अहिले सम्म झन्डै ३५ प्रतिशत निर्माणको काम सम्पन्न भैसक्दा निर्माण ब्यबसायीले करिब २ करोड रुपैया मात्र भुक्तानी पाएको छ ।काम गरे अनुसारको बिल बनाएर माग गर्दा समेत भुक्तानी नपाएको निर्माण कम्पनीले गुनासो गरेका छ्न ।
निर्माण कम्पनीका साइट इन्चार्ज प्रमोद कर्णले काम गरे अनुसारको भुक्तानी पाउन नसकेको बताए । झन्डै ४ करोड बढीको काम भैसक्दा पनि २ करोड जति पनि भुक्तानी नपाएको उनलेे बताए ।
समय अघि नै हामीले धेरै काम गरि सकेका छौ , तर काम गरे अनुरुप पैसा पाउन सकेका छैनौं ।उनले भने ।समयमा पैसा नपाउदा कामको गति सुस्त हुन गएको उनले बताए । काम गरे अनुरुपको पैसा पाउने हो भने निर्धारित समय भन्दा अगाडी नै पुल निर्माणको काम सकिने उनलेे बताए ।
पुलको ६ वटा पिलर मध्य ४ वटा निर्माण भैसकेको र ५ वटा स्लाब मध्य १ वटा बर्षा अगाडि नै सक्ने लक्ष्य रहेको उनले बताए ।
हडिया र जोगिदहका स्थानिय बासिन्दाहरुलाई मदन भण्डारी राजमार्ग हुदै पुर्बी तथा पश्चिम् तर्फ आबतजाबतमा सरल तथा सहज बनाउने उदेश्य अनुसार चौदण्डिगढी नगरपालिकाको देबधार स्थित त्रियुगा नदिमा भ्याट सहित झन्डै ४० करोड ३४ लाख ८८ हजार ८ सय रूपमा पक्की पुल निर्माणको काम सुरु भएको हो ।