कान्छो खवर । सोमबार, फाल्गुण ०५, २०८१

गाईघाट ५ फागुन ।
पाचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिता फागुन १० देखि १७ गते सम्म हुने भएको छ ।कटारी नगरपालिकाको आयोजनामा हुने उक्त प्रतियोगितामा बिदेशी फुटबल टिम सहित आठ वटा फुटबल टिमको सहभागी रहने नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा भुटानको समटिसे एफसी क्लब , कटारी ११,एन एस एफ सि धरान ,च्याम्पियन ब्वाइज काठमाडौ ,एनजे क्लब सिन्धुली , बिरगंज युनाइटेड , बागमती एफसी सर्लाही र श्लेष युथ क्लब सिरहाको सहभागी रहने मेयर राजेशचन्द्र श्रेष्ठले बताए ।
सोमबार प्रकाशित खेल तालिका अनुसार उद्घाटन खेल कटारी ११ र एनएसएफ सी धरान बीच हुने छ । प्रतियोगिताको उद्घाटन मेयर श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्