कान्छो खवर । आइतबार, फाल्गुण ०४, २०८१

गाईघाट ४ फागुन ।
खोटाङको हलेसी बजार स्थित पदम राईको हार्ड्वयर पसलमा आइतबार बेलुकी आगलागी भएको छ । ग्यास सिलिन्डर पड्केर भएको आगलागी अन्य २ घरमा समेत फैलिएको खोटाङ प्रहरीले जनाएको छ ।
राईले हार्ड्वयर पसलबाट ग्यास सिलिन्डर समेत बिक्रि गर्दै आएका छन् ।बेलुकी ७ बजे तिर पसलमा आगो लागेको थियोे । तर आगलागी कसरी भएको भन्ने बारे केहि खुलेको छैन । पसलमा आगो लागे पछी निकै ठुलो आबजको साथ ग्यास सिलिन्डर पड्किएको खोटाङबाट पत्रकार दिलिप खत्रीले बताए ।
आगो नियन्त्रण बाहिर गएको भए पनि अहिले आगो निभाउन स्थानिय बासिन्दा , प्रहरी र दमकल परिचालन भैरहेको खत्रीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्