२२ आषाढ २०८२, आइतबार

प्याराग्लाइडिङ दुर्घटनामा जापानीज नागरिकको मृत्यु

कान्छो खवर । शुक्रबार, माघ २५, २०८१

गाईघाट   २५  माघ  ।

प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापनिज नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका ८ बोक्ताङमा बुधबार दिउँसो भएको उक्त घटनामा परी जापानिज नागरिक ७२ बर्षिय काजी ताकासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोक्ताङ डाडा स्थित प्याराग्लाइडिङ स्थलबाट आफैले प्याराग्लाइडिङ गरि उडेका  ताकासी सोही स्थानमा रहेको फुटबल मैदानमा ल्यान्ड गर्ने क्रममा भुइँमा बजारीएर गम्भीर रूपमा घाइते भएका थिए  उनलाई तत्काल लागि धरान स्थित बिपि कोइराला मेमोरियल अस्पताल लगिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको एसपि हरिहरनाथ  योगीले बताए ।

मृतक ताकासी अन्य ४ जना साथीहरु संगै जापानबाट नेपाल घुम्न आएको खुल्न आएको  छ ।उनको शब पोस्टमार्ट्मको लागि बिहीबार काठमाडौ स्थित शिक्षण अस्पतालमा पठाइएको एसपी योगीले बताए ।

उनले घटनाको अनुसन्धान सुरु गरिएको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्