०२ फाल्गुण २०८१, शुक्रबार

प्रथम त्रियुगा जलजले महोत्सव माघ २३ गते देखि हुने

कान्छो खवर । शुक्रबार, माघ ११, २०८१

गाईघाट   ११  माघ  ।

त्रियुगा नगरपालिकाको जलजलेमा माघ २३ देखि फागुन ३ गते सम्म प्रथम त्रियुगा जलजले महोत्सव हुने भएको छ ।

स्वदेशमा शिक्षा ,रोजगार , कृषि पर्यटन क्षेत्रमा लगानी बिस्तार मुल नारा रहेकोे महोत्सवको आयोजना स्थानिय स्वर्णिम युवा क्लबले गरेको रमाकान्त चौधरीले बताए । महोत्सव उदयपुर सिमेन्ट उधोगको खेल मैदान देउरी माबी अगाडि हुने चौधरीले बताए ।

महोत्सवको लागि विभिन्न समिति र उपसमिति बनेको र काम तीब्र गतिले भैरहेको उनले बताए ।उनले जलजलेमा यो महोत्सव पहिलो पटक हुन लागेकोले त्रियुगा नगरपालिकाले आर्थिक सहयोग गर्न लागेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्