कान्छो खवर । बुधबार, माघ ०९, २०८१
गाईघाट १० माघ ।
जलजलेस्थित उदयपुर सिमेन्ट उधोगको हातामा रहेकोे रास्ट्रिय बाणिज्य बैंकको काउन्टर नियमितर रूपमा नखुल्दा सेवाग्राहीहरु समस्यामा परेका छ्न ।
कारोबार कम भएको भन्दै बैंकले केहि समय देखि काउन्टर नियमित रूपमा खोल्न छाडेको छ ।बैंकमा सेवाग्राही दैनिक रूपमा कारोबार गर्न आइरहेका भए पनि काउन्टर भने सातामा २ दिन मात्र खुल्ने गरेको छ।नियमित रूपमा काउन्टर नखुल्दा ग्राहकहरुलाई बैकिङ कारोबार गर्न निकै कठिन भैरहेको छ ।
सोमबार पनि बैंकको काउन्टर खुल्ने आशमा बिहान १० बजे देखि नै ग्राहकहरु कार्यालय अगाडिको गेटमा जम्मा भएर बसेका थिए , तर मुल गेटमा लागेको ताला नखुले पछी ग्राहकहरु ७ किमि टाढा रहेको बैंकको गाईघाट शाखामा कारोबार गर्न आएका थिए ।
गेट बन्द गरेर बसेका सुरक्षागार्डले कर्मचारी नआएको कारण गेट नखुलेको र काउन्टरबाट कारोबार नहुने भनेर आएका सेवाग्राहीलाई फर्काएका थिए ।उनले अहिले उधोग राम्रो सग सन्चालनमा नरहेको कारण बैंकिङ कारोबार ठप्प भएकोले काउन्टर नियमित रूपमा खुल्ला नभएको बताए ।
पुर्ब सूचना दिएर काउन्टर बन्द गर्नुपर्नेमा कर्मचारीले आफू खुसी काउन्टर बन्द गर्दा बैंकमा आउने सेवाग्राहीले अनाहकमा दुख पाउने गरेको उधोगका कर्मचारी तेज प्रसाद ढकालले बताए । कम्तीमा बाहिर कम्पाउन्ड मै बैंकको काउन्टर बन्द हुने सुचना टास गरेर जानकारी गराएको भए सेवाग्राहीले दुख पाउने थिएनन् ।उनले भने ।
बैंक कर्मचारीको लापरबाही र गैरजिम्मेवारीले अहिले सेवाग्राहीले समस्या भोग्नुपरेको उनले बताए ।
रास्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाका प्रबन्धक कृष्ण गोइतले जलजलेर काउन्टर नियमित नखुलेको बताए ।अहिले सिमेन्ट उधोगमा बैंकिङ कारोबारमा कमि आएकोले काउन्टर सातमा २ दिन खुल्ने गरेको बताए ।उधोगमा कारोबार पुनः बढेकोमा बैंक काउन्टर नियमित रूपमा खुल्ने बताए ।
बैंकले उद्योगलाई मध्य नजर गर्दै केहि बर्ष अघि उधोगहातामा काउन्टर खोलेको थियोे ।काउन्टर खुले संगै उधोग आसपासका जलजले , देउरी , मोहनपुर आसपासका ग्रामीण बजारका सेवाग्राहीले सेवा लिदै आइरहेका छ्न ।