कान्छो खवर । मंगलबार, माघ ०१, २०८१

गाईघाट १ माघ ।
उदयपुरको कटारीमा आज देखि त्रिबेणी मेला सुरु भएको छ ।कटारी नगरपालिकाको आयोजनामा खोक्सा स्थित तावा , कमला र ककरु नदिको संगम स्थल त्रिबेणीमा बिहानै देखि नुहाउने र पुजाआजा गर्ने भक्तजनको भिड लागेको छ ।
प्रत्येक बर्ष माघे संङक्रान्तिको दिन देखि सुरु हुने त्रिबेणी मेला पुर्बान्चलकै सबैभन्दा बढी समय १५ दिन लाग्ने गरेको छ ।तर यो बर्ष मेला २० दिन लाग्ने भएको छ । आफुले गरेको भाकल पुरा भए पछी त्रिबेणी मेला आएर मकर स्नान र पशु बलि दिने चलन रहेको छ ।
भक्तजनले हास , परेवा र पाठी बलि दिने गरेका छ्न ।नेपाल लगाएत भारतबाट समेत ठुलो संख्यामा भक्तजन मकर नुहाउन आउने गरेका छ्न ।मेलामा पहाडी उत्पादन राडिपाखी , भोटे कुकुरको खरिद बिक्रि हुने गरेको छ ।कुनै बेला मेलामा तास जुवा खुलेआम खेलाउने गरिएकोमा अहिले केही बर्ष देखि जुवा तास खेलाउन बन्द गरिएको छ ।
मेलामा नाचगान , पिङ र मनोरंजनको लागि अन्य खेल सामाग्री सन्चालन हुने आयोजकले जनाएको छ ।यो बर्ष झन्डै १६ लाख रुपैयामा मेला ठेक्का लगाइएको कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले बताए ।मेलाको ठेक्का स्थानिय चन्डिका सप्लायर्स एन्ड ट्रेडर्सले लिएको छ ।