१७ फाल्गुण २०८२, आइतबार

१७ फाल्गुण २०८२, आइतबार

मानसिक संतुलन गुमेकी महिलाको बलात्कार पछी छ महिना गर्भ

कान्छो खवर । आइतबार, पुष २१, २०८१

गाईघाट  २१  पौष  ।

खोटाङमा मानसिक संतुलन गुमेकी एक महिलाको बलात्कार पछी छ महिनाको गर्भ रहेकोे खुले पछी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पीडित महिलाको तर्फ बाट आफन्तले पौष १८ गते बलात्कारमा सङ्लग्न केपिलासगढी गाउपालिका १ फेदीका ३९ बर्षिय एक कुमार राई विरुद्ध लिखित उजुरी दिएका छ्न ।घरमा एकलै रहेकोे बेला पीडित महिला माथि राईले जबर्जस्ति बलात्कार गरेको उजुरीमा खुलाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरेर राई विरुद्ध अदालतबाट पक्राउ अनुमतिको लागि तयारी गरेको प्रहरी निरीक्षक मोहन पोख्रेलले बताए ।अब केहि बेर मै पक्राउ अनुमतिकोलागि जिल्ला अदालत खोटाङ जाने तयारी भैरहेको उनले बताए ।

मादक पदार्थ खाएर राईले ती महिलालाई बलात्कार गरेको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ ।राई भने अहिले फरार रहेका छ्न ।

यहाँ कमेन्ट गर्नुहोस्