०४ माघ २०८१, शुक्रबार

कटारीमा घाइते बन्यजन्तुको उद्घार र उपचारको लागि पुनःस्थापना केन्द्र खोलियो

कान्छो खवर । शुक्रबार, पुष १२, २०८१

गाईघाट  १२  पौष  ।

घाइते अबस्थामा फेला परेको बन्यजन्तुको उद्घार तथा उपचारको लागि उदयपुरको कटारीमा बन्यजन्तु उद्गार , उपचार तथा पुनः स्थापना केन्द्र खोलिएको छ ।

डिभिजन बन कार्यालय कटारीको स्वीकृतीमा नगरपालिकाको वडा नम्बर ५ स्थित सिसाघारी सिमसार तथा पर्यटन क्षेत्रमा केन्द्र स्थापना गरिएको हो ।पर्यटन क्षेत्र ब्यबस्थापन समितिका संयोजक दिलबहादुर अधिकारीले सोलुखुम्बु ,ओखलढुंगा , खोटाङ र उदयपुरमा  घाइते अबस्थामा फेला परेको बन्यजन्तुलाई उद्घार गर्नको लागि केन्द्रको स्थापना गरिएको बताए ।

उनले अहिले सम्म केन्द्रमा २ वटा निलगाई र ४ वटा मृग घाइते अबस्थामा ल्याएर उपचार गरिएको बताए ।उपचार पछी सोही सिमसारमा राखिएको बताए ।घाइते अबस्थामा ल्याइएका केहि बन्यजन्तुलाई भने बचाउन नसकिएको उनले बताए ।

डिभिजन बनअधिकृत अनिरुद्र साहले केन्द्रमा घाइते अबस्थामा फेला परेको बन्यजन्तुलाई उद्घार गरि उपचारको लागि ल्याउने गरिएको बताए ।अहिले भेटेनरी चिकित्सकबाट घाइते बन्यजन्तुको उपचार गराउदै आएको भए पनि पछी काठमाडौ स्थित चिडियाखानाबाट दक्ष उपचारकर्ता ल्याइ  तालीम दिएर स्थानिय स्तर मै उपचारकर्ता उत्पादन गर्न लागिएको बताए ।

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले पर्यटकीय क्षेत्र रहेको सिमसारमा आन्तरिक र बाह्य पर्यटक भित्राउन सकिने संभावना देखिएकोले नगरपालिकाले आगामी बजेटबाट थप काम सुरु गर्न लागेको बताए । उनले अहिले सिमसारमा घाइते बन्यजन्तुको उद्घार गरि उपचारको ब्यबस्था पछी सोही क्षेत्रमै बन्यजन्तु राखिने भएकोले सो क्षेत्रलाई चिडियाखानाको रूपमा पनि बिकास गर्ने सकिने भएकोले संघिय सरकार सहयोग मागिने बताए

सिमसार क्षेत्रको बिकासको लागि नगरपालिकाले यस अघि पनि आर्थिक सहयोग गरेको उनले बताए । सिमसार क्षेत्रमा अहिले चारैतिर बाध बाधेर ताल निर्माण गरिएको छ भने तालमा डुङ्गा समेत सन्चालन गरिएको छ ।सिमसार अबलोकन गर्न अहिले दैनिक रूपमा ठुलो संख्यामा आन्तरिक पर्यटक आउने गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्