०५ चैत्र २०८१, बुधबार

कैचि प्रहारबाट एक युवा घाइते , कैचि प्रहार गर्ने फरार

कान्छो खवर । सोमबार, कार्तिक १२, २०८१

गाईघाट   १२  कार्तिक  ।

कैचि प्रहारबाट  सोमबार साझ एक युवक गम्भीर रूपमा घाइते भएका छ्न । आपसी विवादमा आफ्नै साथीले फलामे कैचि प्रहार गर्दा त्रियुगा नगरपालिका १२ का बर्ष  २० का अनुश बिष्ट गम्भीर घाइते भएका हुन् ।

शरीरको कुममा गहिरो चोट लागेर घाइते भएका बिष्टलाई जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचार पछी थप उपचारकोलागि बिराटनगर लगिएको छ ।

साझ ५.३५ बजेको समयमा मोटरसाइकलमा रहेका साथीले बिष्टलाई नगरपालिका पछाडि भरत रोष्ट पसल नजिक गाडीमै रहेको बेला कैचि प्रहार गरेका थिए । उनिहरु दुबै जना संगै मोटरसाइकल चडेर बजार तर्फ आउदै गर्दा  उक्त घटना भएको  हो ।  बिष्टलाई कैचि प्रहार गर्ने सोही वडाका  १८ बर्षिय श्रबण सेवा फरार रहेको प्रहरीले जनाएको छ ।

बिष्ट र सेवा दुबै जना लागूऔषध दुर्ब्यसनि रहेकोे खुल्न आएको छ ।उनिहरु बीच के कारणले विवाद भएर घटना भएको भन्ने बारे केहि खुलेको छैन । प्रहरीले अनुसन्धान भैरहेको जनाएको  छ ।

जिल्ला अस्पताल उदयपुरले घाइते बिष्टको अत्यधिक रक्तस्राव भएकोले गर्दा उपचारको लाई बिराटनगर रेफर गरिएको जनाएको  छ ।

यहाँ कमेन्ट गर्नुहोस्