कान्छो खवर । सोमबार, कार्तिक १२, २०८१
गाईघाट १२ कार्तिक ।
तिहारमा सयपत्री फूलको अभाव हुने भएको छ । किसानले ब्याबसायिक रूपमा लगाएको फूल खेती यो बर्षको अविरल बर्षाले क्षेति पुर्याए पछी बजारमा सयपत्री फूलको अभाव देखिएको हो ।
यो बर्ष लगाएको फूल खेतीलाई बर्षाले क्षति पुर्याएको हुँदा फूल अभाव हुन गएको पुस्प खेती गर्दै आएका त्रियुगा नगरपालिका ८ का कालु दनुवारले बताए । यो बर्ष बर्षाले गर्दा फूल खेती गत बर्षको तुलनामा १५ प्रतिशत पनि हुन सकेन ।उनले भने ।गत बर्ष २ लाख रुपैयाको सयपत्री फूल बिक्रि गरेकोमा यो सिजनमा मुस्किलले २५ / ३० हजार जति फूल खेतीबाट आम्दानी हुने दनुवारले बताए ।
राजाबासका भोला कार्कीले पनि यो तिहारमा फूलको निकै अभाव हुने बताए । कृषकले लगाएको पुस्प खेती बर्षाले प्रभावित तुल्याएको हुँदा बजारमा फूलको अभाव हुने उनले बताए ।
बिगत ५ /७ बर्ष देखि त्रियुगा नगरपालिकाको देउरी , बगाह , राजाबास , झिल्केटोल , पुरानो गाईघाट लगाएका क्षेत्रहरुमा ब्याबसायिक रूपमा सायपत्री फूलको खेती हुदै आएको छ । फूल खेतीबाट मनग्गे आम्दानी हुने भएकोले खासगरी तिहारलाई लक्ष्यित गरी उनिहरुले बर्षेनि फूल खेती गर्दै आएका छ्न ।
गत बर्ष पुस्पब्याबसाहिहरुले झन्डै २० लाख बराबरको फूल बिक्रि गरेको ब्याबसायिहरु बताउछ्न । तिहारमा फूल अभाव हुने भएकोले अहिले बजारमा प्लास्टिक र भुवाको माला भित्रीएको छ ।