कान्छो खवर । बिहिबार, कार्तिक ०८, २०८१

गाईघाट ८ कार्तिक ।
प्रहरीले कुखुरा फर्म हाउसमा छापा मारेर बिहिवार दिउसो जुवा खेल्दै गरेको अबस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका ९ गैरुन माथाने टोलस्थित जङ्ग बहादुर राईको कुखुरा फर्म हाउसमा जुवा खेलिरहेकोे अबस्थामा प्रहरीले नगद ४ लाख १४ हजार ५ सय ७५ रुपैया र १६ वटा कौडा सहित त्रिनपा ९ का राजु कार्की , १५ नम्बर वडाका बिजय राई ,११ का रबिन्द्र राई , १२ का बसन्त राई , १० का गेशराज राई , १३ का पदम राई ,रौतामाई गाउपालिका ७ का कमल तामाङ , मनोज मगर र जयकुमार राईलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक सन्तोष कार्कीको कमान्डमा गएको प्रहरी टोलिले दसि प्रमाण सहित उनिहरुलाई जुवाको खालबाट पक्राउ गरिएको एसपि हरिहरनाथ योगीले बताए ।
पक्राउ परेकाहरु माथि अनुसन्धान भैरहेको र जुवा ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।