कान्छो खवर । आइतबार, कार्तिक ०४, २०८१

गाईघाट ४ कार्तिक ।
हिमाली यातायात प्रालिको बस सप्तरीको कन्चनपुरमा आइतबार बिहान दुर्घटना हुँदा एक युबतीको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छ्न ।
गाईघाट देखि काकडभिट्टा तर्फ जादै गरेको प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको पारुहाङ ट्राभलको बस बिहान ६.३० बजे कन्चनपुर नगरपालिकाको बर्मझियामा दुर्घटना हुँदा उदयपुर घर भएकी २१ बर्षिया मैया राईको घटनास्थलमा मृत्यु भएको परेको प्रहरीले जनाएको छ ।
बिपरित दिसाबाट आउदै गरेको मोटरसाइकललाई बचाउने क्रममा गाडी दुर्घटनामा परेको हो । घाइते मध्य ८ जनाको अबस्था गम्भीर रहेकोले उपचारको लागि बिराटनगर रेफर गरिएको सप्तरी प्रहरीले जनाएको छ ।अन्य घाइतेको स्थानिय धर्मेश अस्पतालमा उपचार भैरहेको छ ।
यहाँ कमेन्ट गर्नुहोस्