२२ आश्विन २०८१, मंगलबार

कोशीको बाढीले लाखौं मुल्यको ब्याबसायिको खयरको लकडि बगायो

कान्छो खवर । मंगलबार, आश्विन १५, २०८१

गाईघाट  १५ असोज  ।

गत सनिवार  कोशीमा आएको  बाढीले  ब्याबसायिको खयरको टुन बगाएको छ । उदयपुरको लिम्चुङबुङ गाउपालिका ४ स्थित सुनकोशी नदि किनारमा थुपारेर राखेको झन्डै २०  टन खयरको काठ बगाएको  हो ।

किसान सङ किनेर  टुन बनाएर इटहरी ल्याउन खोजिएको झन्डै २० लाख मुल्य बराबरको खयरको काठ बगाएको पीडित ब्याबसायि बद्री पौडेलले बताए । किसानलाई सबै रकम बुझाइ सकेका थियौ , ल्याउनकोलागि नदि किनारमा राखेको थियौ तर  सबै लकडि बाढीले बगाएर  लगेको उनले बताए ।

हामीलाई यत्रो क्षति पारेको छ, हाम्रो क्षति पुर्ति कस्ले दिने हो  हामीले क्षतिपुर्ति नपाउने हो भने  आफुहरु निकै पिडिन हुने पौडेलले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्