१२ बैशाख २०८२, शुक्रबार

अविरल बर्षा पछी आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा १४ जना को मृत्यु ८ जना बेपत्ता

कान्छो खवर । आइतबार, आश्विन १३, २०८१

फाईल फोटो : फोक्सिङटार स्थित सुनकोशीको पुल

  गाईघाट  १३ असोज ।

बाढी पहिरोको कारण  कोशी प्रदेशमा  १४ जनाको मृत्यु भएको छ भने  ८ जना बेपत्ता भएका छ्न । कोशी प्रदेश प्रहरी कार्यालय  बिराटनगरले दिएको जानकारी अनुसार बाढी पहिरोमा परि  १३ जना घाइते भएका छ्न ।

 

बिहिवार देखि परेको अविरल बर्षाको कारण इलाममा १ , पाचथरमा ५ , धनकुट्टामा  २  , सोलुखुम्बुमा ५ र उदयपुरमा १ को  मृत्यु भएको  प्रहरीले जनाएको छ । उनिहरुको मृत्यु  पहिरोले पुरिएर र खोलाले बगाएर भएको  हो ।

बाढी पहिरो र बर्षाको कारण १ हजार २०७ पशुपङ्छि र ६४ वटा पशुचौपायाको मृत्यु  भएको छ । भौतिक पुर्बधार तर्फ पक्की घर १९  व टा पुर्ण रूपमा भत्किएको र ५८ घरहरु आंशिक रूपमा क्षति पुगेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपि भिमबहादुर दाहालले बताए ।

 

गाईघाट – दिक्तेल सडक अन्तरगत उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार स्थित सुनकोशीको पुल समेत  बाढीले बगाएको छ । उदयपुरको केहि ठाउहरुमा झोलुङ्गे पुलहरु समेतलाई  बाढीले क्षतिग्रस्त  बनाएको छ । दाहालले क्षतिको विवरण पुर्ण रूपमा आउन बाकी रहेको बताए  । उनले आइतबार  सम्म प्राप्त विवरण  अनुसार  बाढी पहिरोको क्षतिको विवरण  सार्बजनिक गरिएको बताए ।

बिहिवार देखि परेको अविरल बर्षाको कारण  प्रदेश भरि भएको क्षतिको विवरण अझै आउदै गरेको  बताए ।

यहाँ कमेन्ट गर्नुहोस्