०२ फाल्गुण २०८१, शुक्रबार

फोक्सिङटारस्थित सुनकोशीको पुल बाढीले बगायो , खोटाङ सङको यातायात सेवा ठप्प

कान्छो खवर । शनिबार, आश्विन १२, २०८१

गाईघाट १२ असोज ।

गाईघाट – दिक्तेल सडक खण्ड अन्तरगत फोक्सिङटारस्थित सुनकोशीको पूल सनिवार दिउसो बाढीले बगाएको छ ।केही दिन देखि परिरहेको अविरल बर्षाको कारण कोशीमा आएको भीषण बाढीले पुल बगाएको हो ।

कोशीमा पानीको सतह निकै बढेको कारण दिउसो ३.४० मा पुल बगाएको स्थानिय केदार राईले बताए ।करिब १२ बर्ष अघि देखि बन्नु सुरु भएको आर्क डिजाइको उक्त पुल २ बर्ष अघि सन्चालनमा आएको थियोे ।
खोटाङमा सङ सिधा यातायात सेवा जोडिने उक्त पुल बगे सङ अहिले खोटाङ सङको यातायात सेवा पुर्ण रूपमा बिछेद भएको छ ।

बाढीले दुई तिरको दुई वटा पिलर बाहेक सम्पुर्ण संरचना बगाएको गाईघाट – दिक्त्तेल सडक योजना कार्यालय गाईघाटका इन्जिनियर नारायण थापाले बताए । उनले क्षतिको पुर्ण विवरण आउन बाकी रहेको बताए । बाढीले दिउसो पुल बगाएको खबर आएको बताए ।

उदयपुरको रौतामाई गाउपालिका ५ फोक्सिङटार र खोटाङको लिच्किराम्चे दुबै गाउपालिकाको सिमामा उक्त पूल निमार्ण भएको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्