२० आषाढ २०८२, शुक्रबार

नगरअस्पताल सन्चालनमा

कान्छो खवर । बिहिबार, आश्विन ०३, २०८१

गाईघाट ३ भदौ ।

त्रियुगा नगरपालिका ५ देउरीमा संचालित नगरअस्पताल बिहीबार बिधिबत् रूपमा सन्चालनमा आएको छ। २ बर्ष अघि निर्माण सम्पन्न भएर सन्चालनमा आएको अस्पतालको बिहीबार मेयर बसन्त बस्नेतले उद्घाटन गरेका छ्न ।
१० औ संविधान दिबसको अबसर पारेर आकस्मिक कक्षको समेत उद्घाटन मेयर बस्नेत गरेका छ्न । करिब १० लाखको लागतमा निर्माण भएको आकस्मिक कक्षमा अत्याधुनिक सुबिधा रहेको वडाअध्यक्ष उद्घब थापाले बताए । नगरअस्पतालमा एक चिकित्सक सहितको १० स्वास्थ्यकर्मी रहेका छ्न ।

नगरअस्पतालबाट नगरको वडा नम्बर ४,५ र ६ वडाका बासिन्दाहरुलाई स्वास्थ उपचार सेवा उपलब्ध हुने अध्यक्ष थापाले बताए ।

मेयर बस्नेतले नगरबासिहरुलाई स्वास्थ सेवा सहज र छरीतो रूपमा उपलब्ध गराउने उदेश्य अनुसार नगरअस्पताल संचालनमा ल्याइएको बताए ।उनले अस्पतालमा थप विशेषज्ञ सहितको अन्य सेवा सुबिधाहरु थप गर्दै लगिने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्