३१ भाद्र २०८१, सोमबार

एकीकृत समाजबादीको जनजाति सचिवमा चौधरी

कान्छो खवर । बुधबार, भाद्र १२, २०८१

गाईघाट १२ भदौ ।

त्रियुगा नगरपालिकाका पुर्ब मेयर बलदेव चौधरी नेकपा एकीकृत समाजबादीको आदिवासी जनजाति तर्फको सचिवमा निर्बाचित भएका छ्न ।
समाजबादीको पदाधिकारीको निर्वाचनबाट चौधरी सचिवमा निर्बाचित भएको हो। त्यसै गरि उदयपुरकै जगन्नाथ खतिवडा उपमहासचिवमा निर्बाचित भएका छ्न । महिला उपाध्यक्षमा रामकुमारी झाक्रीलाई पराजित गर्दै खोटाङकी जयन्ती राई निर्बाचित भएकी छिन् ।

एकीकृत समाजबादीको पदाधिकारीको निर्वाचनको परिणाम बुधबार बिहान सार्वजनिक गरिएको थियोे ।

यहाँ कमेन्ट गर्नुहोस्