३१ भाद्र २०८१, सोमबार

बरुवा बसपार्क छेउको पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु

कान्छो खवर । मंगलबार, भाद्र ११, २०८१

फोटो : बिक्रम राई

गाईघाट ११ भदौ ।

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मंगलबार बिहान ७ बर्षिय बालकको मृत्यु भएको छ। प्याराडाईज बोर्डिङ स्कुल गाईघाटमा कक्षा १ मा अध्यनरत त्रियुगा नगरपालिका ११ पिजि चौकका रबिन राईका छोरा रिचेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोर्डिङ स्कुल बिदा भएको मौकामा साथीहरू संग बरुवा बसपार्क पछाडी रहेको पोखरीमा नुहाउने क्रममा पोखरीको बीचमा पुगेको बेला राई डुबेका थिए ।डुबेर मृत्यु भए पछी उनको शब तैरिरहेको अबस्थामा पोखरीमा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक बालकको अरु साथिहरु भने पोखरी छेउमै पौडी खेल्दै गरेको स्थानियले देखेको प्रहरीले जनाएको छ । उनिहरु को, को थिए भन्ने बारे केही जानकारी नआएको प्रहरीले जनाएको छ। बालक संग पौडी खेल्ने अरुको खोजी भैरहेको छ ।

पुर्ब- पश्चिम् बसपार्क निर्माणको बेला सो स्थानमा गहिरिएर बर्षाको पानी जमेर पोखरीमा परिणत भएको थियोे ।उक्त पोखरीमा केटाकेटीहरु र थुला मान्छेहरु समेत नुहाउने गरेका थिए ।

मृतक बालकको शब पोस्टमार्टमकोलागि जिल्ला अस्पतालमा राखिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्