३१ भाद्र २०८१, सोमबार

त्रियुगा क्याम्पसको बार्षिक उत्सबमा विभिन्न महानुभाबहरुलाई संमान र उत्कृष्ट बिध्यार्थिहरु पुरस्कृत

कान्छो खवर । सोमबार, भाद्र १०, २०८१

प्रमुख अथिति दनुवारबाट संमान पत्र लिदै सहायक क्याम्पस प्रमुख बैजनाथ साह

गाईघाट १० भदौ ।

त्रियुगा जनता बहुमुखी क्याम्पसले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै क्याम्पस संचालक समितिका पुर्ब अध्यक्ष बीरेन्द्र बस्नेत र पुर्ब क्याम्पस प्रमुख रमेश रोकालाई संमान गरेको छ ।

क्याम्पसको ३७ औं बार्षिक उत्सबको अबसरमा सोमबार क्याम्पस हातमा आयोजित कार्यक्रममा उनिहरुलाई संमान गरिएको हो ।बस्नेत र रोकाले जिल्लाको शैक्षिक बिकासमा लामो समय देखि दिनु भएको योगदानको संमान गर्दै उनिहरुलाई संमान गरिएको क्याम्पसले जनाएको छ ।

लामो समय त्रियुगा माध्यमिक बिध्यालय गाईघाटको प्रअ रहेका बस्नेतले त्रियुगा क्याम्पसको स्थापनामा महत्त्वपूर्ण भुमिका निर्बाह गरेका थिए ।उनि संचालक समितिको सदस्य हुदै अध्यक्ष भएका थिए । पुर्ब क्याम्पस प्रमुख रोका लामो समय देखि सोही क्याम्पसमा अध्यापन गर्दै आएका छ्न ।

कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले उनिहरुलाई संमान गरेकी हुन।क्याम्पस निर्माणमा जग्गा दिने दाता र चंदा दिने दातालाई समेत संमान गरिएको छ। क्याम्पसमा लामो समय देखि अध्यापन गराउदै आएका शिक्षकहरुलाइ कदर पत्र दिएर संमान गरिएको छ।

त्यसै गरि विभिन्न संकायमा अध्यनरत बिध्यार्थिहरु नगद पुरुस्कार सहित संमान गरिएको छ। बालकुमारी जोशी , करिष्मा मकाजु , अमरदिप रेग्मी , कक्षा १२ परीक्षामा प्रथम हुने शिबराम राई र उदयानन्द पौडेल पुरस्कृत भएको क्याम्पस प्रमुख कैलास राईले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्