कान्छो खवर । शुक्रबार, साउन २५, २०८१
गाईघाट २५ साउन ।
गाईघाट – दिक्तेल सडक योजनामा ठेक्का पारेर काम नगर्ने ३ वटा निर्माण कम्पनीलाई कालो सुचीमा राखिएको छ। ठेक्काको काम पारेर बिगत ६ बर्ष देखि आफुले पारेको काम नगरी योजना अलपत्र पारेको भन्दै योजना कार्यालय गाईघाटको सिफारिसमा तीन निर्माण कम्पनीहरुलाई सार्बजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सार्बजनिक सूचना जारी गर्दै कालो सुचीमा राखेको जनाएको छ।
अनुगमन कार्यालयले बिहिवार गरेको निर्णयमा गाईघाट -दिक्तेल सडक योजनामा संगलग्न भारत कन्ट्र्क्सन / सिद्विसाई जेभी काठमाडौ , देबनारायण पबन / मैनाचुली/ खम्पाचे जेभी काठमाडौ र मैनाचुली / सिद्धिसाई प्रकाश जेबी काठमाडौ कालो सुचीमा परेको हो ।
कालो सुचीमा रहेको भारत कन्ट्रसन भारतीय कम्पनी रहेको छ। क्रमशः तीन कम्पनीहरुलाई ३ बर्ष / २ बर्ष / र २ बर्ष कालो सुचीमा राखिएको छ। उनिहरुले उक्त अबधिभर सार्बजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भागलिन पाउने छैनन् ।
सार्बजनिक खरिद ऎन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम कालो सुचीमा राखिएको कुनै पनि निर्माण कम्पनीले ठेक्का प्रतिस्पर्धामा भागलिन नपाउने ब्यबस्था छ।
अनुगमन कार्यालयले यि तीन कम्पनी सहित २० वटा निर्माण कम्पनीलाई समेत कालो सुचीमा राखेर कार्बाहि अघि बढाएको सूचना मार्फत जनाएको छ।