३१ भाद्र २०८१, सोमबार

कटारी नगरपालिकाको बजेट अधिबेशन साउन २७ मा

कान्छो खवर । आइतबार, साउन २०, २०८१

गाईघाट २० साउन ।

आन्तरिक विवादले रोकिएको कटारी नगरपालिकाको निति तथा कार्यक्रम र बजेट अधिबेशन साउन २७ गते हुने भएको छ ।मेयर र वडाअध्यक्षहरु बीच बजेट सिलिङ तोक्ने बिषयमा सहमति जुटेपछि बजेट अधिबेशनको मिति तोकिएको हो ।

असार १० गतेको लागि तोकिएको बजेट अधिबेशन वडाअध्यक्षहरुको माग बमोजिमको बजेट सिलिङ मेयरको असहमति पछी कार्यपालिकाको बैठक बस्न नसकेको कारण स्थगित भएको थियोे । वडाअध्यक्षहरुले वडाको बजेट सिलिङ ८३ लाखको दरले माग गरेकोमा मेयर राजेशचन्द्र श्रेष्ठले उक्त सिलिङ रकम ६५ लाख मात्र छुट्याउने भने पछी बिबाद भएको थियो ।विवाद पछी अधिबेशन रोकिएको थियोे ।

अहिले सहमति भएर अधिबेशनको मिति तोकिएको मेयर श्रेष्ठले बताए ।लामो समय सम्म अधिबेशन नहुदा बजेट खर्च र सबै बिकास निर्माणको काम प्रभावित भएकोले अहिले सहमतिलाई नै बढी जोड दिएको उनले बताए ।

सहमति पछि १४ वटा वडाको बजेट सिलिङ ७१ लाखमा टुंगिएको छ ।गत बर्ष घाटाको बजेटकै कारण कतिपय बिकास निर्माणका योजनाहरु प्रभावित भएकोले त्यसैलाई मध्य नजर गर्दै बजेटको आकार सिमित गरिएको उनले बताए ।

गत बर्ष ८३ करोड ८६लाख ७९ हजार ५ सय बजेट रहेकोमा २०८१/०८२ को बजेट झन्डै ९० करोडको हाराहारीमा हुने मेयर श्रेष्ठले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्