कान्छो खवर । आइतबार, साउन २०, २०८१
गाईघाट २० साउन ।
गाउ पसेको पाटेबाघले घरपालुवा जनाबर मार्न थालेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका बासिन्दाहरु त्रसित बनेका छ्न ।
शुक्रबार राती जंगलबाट आएर बाघले स्थानियको खोरमा पालेको खसीबाख्रा , गोठको गाईबस्तु र कुकुर मारे पछि गाउलेहरु आतंककीत बनेका छ्न ।बाघले राजापानी भोगटीनीस्थित देबीका चौहानको कुकुर र शम्भु भण्डारीको खसी मारेको स्थानिय कैलास राईले बताए ।
उक्त बाघले सनिवार पनि देबीबहादुर कार्कीको बोका मारेको थियोे ।खोरमा बाधेको बोका मारेको तर बाघले लान नसकेको कार्कीले बताए ।केहि दिन देखिको बाघ आतंकले अहिले गाउलेहरु निकै त्रसित बनेको र रातको समयमा घर बाहिर कोहि पनि निस्कन नसकेको उनले बताए ।
बाघले केहि दिन अघि पनि मापाचुलीका किर्तिमान कार्कीको बाधेर राखेको बाच्छो समेत मारेको उनले बताए ।अहिले दिनहु जसो बाघ गाउ पसेर पशुचौपाया मार्न थालेको उनले बताए । बाघ आतंकले अहिले सबै निकै भयभित बनेका छन, बाघले मान्छे समेतलाई आक्रमण गर्लाकी भनेर रातीको समयमा कोहि पनि घर बाहिर निस्कन छाडेको उनले बताए ।
बाघ आतंक बारे गाउपालिका मार्फत स्थानिय प्रहरी प्रशासनलाई जानकारी गराई सकिएको कार्कीले बताए ।करिब ३ बर्ष अघि पनि जिल्लाको दक्षिण भेगको लिकुवापोखरी गाउँमा चितुवाले झन्डै तीन दर्जन पशुचौपाया मारेर पुरै गाउलाई आतंकीत बनाएको थियोे ।