०४ माघ २०८१, शुक्रबार

इन्धनमा ठगी गरेको आरोपमा उर्जा पेट्रोलपम्पका सन्चालकलाई प्रहरीमा उपस्थित हुन पत्र काटियो , सन्चालक साह फरार

कान्छो खवर । आइतबार, साउन १३, २०८१

गाईघाट १३ साउन ।

कम इन्धन दिएर उपभोक्ता ठगी गरेको आरोपमा प्रहरीले उर्जा पेट्रोलपम्पका संचालक बैधनाथ साह विरुद्ध कार्बाहि चलाउने तयारी गरेको छ।

त्रियुगा नगरपालिका ११ स्थित रियाज पेट्रोलपम्प ठेक्का लिएर सन्चालन गर्दै आएका सिराहा धनगढीका साहले इन्धनमा ठगी गरेको आरोप लाग्दै आएको थियोे ।आइतबार उनले ठेक्का लिएर सन्चालन गर्दै आएको रियाज मा तेल हाल्न आएको सवारी साधनमामा कम परिणाममा तेल हालेर ठगी गरेको प्रमाणित भए पछि प्रहरीले पम्पमा तालाबन्दी गरि सन्चालक साहलाई प्रहरी कार्यालयमा उपस्थिति हुन पत्रचार गरेको छ ।तर साह भने घटना लगत्तै फरार भएका छ्न ।

तेल भर्ने पम्पले सवारी साधनको ट्यान्किमा तेल हाल्दा उल्लेख गरिएको परिणाममा तेल नझर्ने गरि मिलाएर उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । मुल्य र तेलको परिणाम सहि देखिए पनि सवारी साधनमा तेल भने कम परिणाममा हाल्ने गरिएको थियोे ।

साहले आफनै पेट्रोलपम्प उर्जाबाट समेत उपभोक्तालाई ठगी गर्ने गरेको गुनासो आइरहेको प्रहरीले जनाएको छ ।उनले कम परिणाममा इन्धन भरेर उपभोक्ता सङ बढी मुल्य लिने गरेको आइरहेको उपभोक्ता मंचका उदयपुरका अध्यक्ष बद्री प्रसाद काफ्लेले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्