कान्छो खवर । शनिबार, आषाढ ३०, २०८१
फोटो : गङ्गा राई
गाईघाट २९ असार ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि गाईघाट बजारको मुख्य चोकमा ट्राफिक बत्ती जडान कार्य शुरु गरीएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक लगानीमा ठेकेदार कम्पनी स्विच अन डिजिटल प्राइभेट लिमिटेडले बजारको मुख्य ठाउँहरुमा धमाधम ट्राफिक लाईट जडानको गरीरहेको छ।
मदन भण्डारी राजमार्गको कारण अहिले बजार क्षेत्रमा सवारी साधनको चापले गर्दा ट्राफिक ब्यबस्थापनमा समस्या हुने गरेको र ट्राफिक ब्यबस्थापनलाई चुस्त प्रभाबकारी बनाउनको लागि ट्राफिक बत्तीको जडान गर्ने काम भएको ट्राफिक प्रहरी कार्यालय गाईघाटले जनाएको छ।
यहाँ कमेन्ट गर्नुहोस्